३ बैशाख २०८३, बिहीबार

विमानस्थलबाट साढे ८ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

7

काठमाडौँ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ८ किलो ५ सय ६० ग्राम अवैध लागूऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

थाई एयरको उडानमार्फत बैंककबाट काठमाडौँ आएका २२ वर्षीय अक्षय कुमारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उनलाई उक्त परिमाणको गाँजासहित फेला पारेको हो। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.