लाइसेन्स कीर्ते गरेको आरोपमा पोखरा यातायातका कर्मचारीसहित ३ विरुद्ध मुद्दा
काठमाडौं । यातायात व्यवस्था कार्यालय पोखरामा नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएको आरोपमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
तत्कालीन प्रशासन अधिकृत शंकर थापा, कम्प्युटर अपरेटर जगत ढकाल र सेवाग्राही हिमबहादुर बस्नेत थापाले मिलेमतो गरी सरकारी अभिलेख सच्याएर झुट्टा विवरण प्रविष्ट गरेको पुष्टि भएपछि अख्तियारले आज आरोपपत्र दायर गरेको हो । उनीहरूले जारी नै नभएको लाइसेन्सलाई २०५८ सालमै जारी भएको देखाएर सरकारी ढड्डा र विद्युतीय प्रणालीमा हेरफेर गरी प्रतिलिपि समेत जारी गरेको भेटिएको छ ।