३ आश्विन २०८३, शनिबार

दुर्गा प्रसाईं थुनामुक्त

177

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं हिरासतमुक्त भएका छन्। सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले मंगलबार उनलाई बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्दै रिहा गर्न आदेश दिएको थियो।

निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोपमा फागुन ४ गते पक्राउ परेका प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनकी पत्नी उमा प्रसाईंले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। मंगलबार नै रिहाको आदेश भए पनि कानुनी प्रक्रिया पूरा नभएका कारण उनी आज (बुधबार) मात्रै थुनामुक्त भएका हुन्।

Author

Leave A Reply

Your email address will not be published.