२५ प्रहरी कर्मचारीलाई दमकल तथा वाटर क्यानन् चालक तालिम
नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले २५ जना प्रहरी कर्मचारीहरूलाई ‘दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर’ तालिम प्रदान गरेको छ । १६ कार्यदिनको उक्त तालिम समापनका अवसरमा आइतबार प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो।
सो अवसरमा एसएसपी अधिकारीले तालिममा सिकेको व्यावसायिक ज्ञान र सीपलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्न निर्देशन दिनुभयो । तालिममा प्रहरी सहायक निरीक्षकदेखि जवानसम्मका २५ जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।