३ आश्विन २०८३, शनिबार

नागढुङ्गाबाट पेस्तोल र गोलीसहित कीर्तिपुरका एक युवक पक्राउ

181

काठमाडौं ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट प्रहरीले एक थान अत्याधुनिक पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–२ बस्ने ३० वर्षीय केयुर पुरी रहेका छन् ।

शुक्रबार बिहान चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.१९ च ६९० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गाको टोलीले जाँच गर्ने क्रममा पुरीको साथबाट ‘मेड इन युएसए’ लेखिएको १ थान पेस्तोल र ४ राउण्ड गोली फेला परेको हो ।

प्रहरीले हतियारसहित पुरीलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

Author

Leave A Reply

Your email address will not be published.