प्रभु बैंकका सीईओ शेरचन सीआईबीको नियन्त्रणमा
काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकका सीईओ अशोक शेरचनलाई पक्राउ गरेको छ। प्रभु म्यानेजमेन्ट फन्डमार्फत भएको शंकास्पद कारोबार, हुण्डी र सहकारीको रकम हिनामिना प्रकरणमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो। यो प्रकरणमा यसअघि नै मुख्य सञ्चालक देवीप्रसाद भट्टचनसहित अन्य व्यक्तिहरू पक्राउ परिसकेका छन्। देशभरका ३ दर्जनभन्दा बढी सहकारी संस्थाले रकम हिनामिना भएको भन्दै उजुरी दिएपछि सीआईबीले अनुसन्धान तीव्र पारेको छ।