८ बैशाख २०८३, मंगलवार

लगातार घट्दो सुनको भाउ, मंगलबार थप २९०० ले घट्यो

163

काठमाडौं, लगातार घट्दो क्रममा रहेको सुनको भाउ मंगलबार पनि घटेको छ। आज सुन प्रतितोला दुई हजार नौ सय रूपैयाँले घटेर दुई लाख ३७ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
तिहार यता मात्रै सुन प्रतितोला १६ हजार पाँच सय रूपैयाँले घटिसकेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटिरहेपछि नेपालमा पनि त्यसको असर परेको हो। मंगलबार चाँदी पनि तोलामा ६० रूपैयाँले घटेर दुई हजार नौ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।

Author

Leave A Reply

Your email address will not be published.