८ बैशाख २०८३, मंगलवार

महिला लघुवित्त वित्तीय संस्थाको एक दिने केन्द्र प्रमुख कार्याशाला गोष्ठी साक्षरता कार्यक्रम सम्पन्न

256

बिनोद पौडेल
२०८२ बैशाख १० गते, बुधबार काठमाण्डौ।


महिला लघुवित्त वित्तीय संस्थाको एक दिने केन्द्र प्रमुख कार्याशाला गोष्ठी साक्षरता कार्यक्रम सम्पन्न भएको छ । मंगलबार संस्थाको डिल्लिबजार शाखामा विभिन्न कार्यक्रम आयोजना गरी कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रको सभापतित्व दिपा बस्नेतले गर्नुभएको थियो भने मुल्यांकनकर्ताका रुपमा विष्णु देवी चौलागाईले रहनु भएको थियो । संस्थाको डिल्लिबजार शाखा प्रमुख जयराम आचार्यले शाखाको सक्षिप्त जानकारी दिदै स्वागत मन्तव्यसँगै कार्यक्रमको उद्येश्य र महत्वलाई स्पष्ट पार्नु भएको थियो ।

संस्थाका सदस्यहरुलाई बित्तिय साक्षरता दिन गरिएको उक्त कार्यक्रममा संस्थाको बागमती प्रदेश प्रमुख, सुनिल अर्याल, कमल भारती, संस्थाका कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बागमती प्रदेश प्रमुख, सुनिल अर्यालले लघुवित्तका सदस्यहरुले कर्जा लगानी तथा भाखा नाघे कर्जाले पर्ने दिर्घकालिन असरको बारे स्पष्ट पार्नु भएको थियो । संस्थाको बागमती प्रदेशका तर्फबाट बोल्दै कमल भारतीले संस्थाले अपेक्षित रुपमा गति लिएको बताउँदै भविष्यमा पनि यो विश्वास कायमै रहोस भन्ने आशा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै संस्थाको प्रमुख कार्यकारी अधिकृतले संस्थाको स्थापना कालदेखि नै महिला अधिकार र विकासका निमित्त महिला शसत्तिकरण तथा महिला हितका लागी अघि बढ्दै आएको बताउनु भयो । त्यस्तै महिलाहरुलाई आत्मनिर्भरको बाटोमा हिड्न सधै प्ररित गर्ने समेत संस्थाको तर्फबाट प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा उपस्थित संस्थाको एक सदस्यले लघुवित्तबाट निकै नै फाइदा लिएको बताउदै संस्थाको सदस्य बनेर आफु आत्मनिर्भर बन्न पाएकोमा खुसि व्यक्त गर्नुभयो । एक वटा टेम्पोबाट सुरु गरेकी ति महिलासँग आज ३० वटा टेम्पोको मालिक बन्न पाउँदा आफुलाई भाग्मानी महसुस गर्नु भएको थियो । यो सम्भब बनाउन प्रेरणा दिने र सहयोग गर्ने महिला लघुवित्त वित्तीय संस्थालाई धन्यबाद गर्दै आगामी दिनहरुमा झन् सशक्त भएर लागि पर्ने बतौउनु भयो।

कार्यक्रमका मुल्यांकनकर्ता विष्णु देवी चौलागाईले समग्रमा कार्यक्रम फलदायि भएको र यस्ता कार्यक्रमले आगामी दिनहरुमा पनि आत्मसाथ गर्दै अगाढी बढ्ने प्रेरणा समेत मिल्ने बताउनु भयो। त्यस्तै कार्यक्रमका सभापती दिपा बस्नेतले यस्ता वित्तिय साक्षरता कार्यक्रमले महिलामा जनचेतना
पुग्ने बताउनु भयो ।

साथै कार्यक्रमको अवसरमा ओमकार डेन्टल चावहिलको सहकार्यमा संस्थाका सदस्यहरुको निःशुल्क दन्त परिक्षण समेत गरिएको थियो भने कान्तिपुर सिटी कलेजले संस्थाका सदस्यहरुका छोराछोरीहरुलाई न्यूनतम शुल्कमा इन्जिनियरिंग, आइटि लगायत विषयमा अध्ययन गर्न चाहनेको लागी कलेजका विक्रम थापा क्षेत्रीले सहजीकरण गर्न समेत जोड दिनु भयो ।

काभ्रेपलाञ्चोक जिल्लाको साँगामा केन्द्रीय कार्यालय रहेको यस संस्थाको शाखा विस्तार हालसम्म ३८ जिल्लामा पुगेको छ । त्यस्तै ७७ वटा शाखा कार्यालय रहेको यस संस्थामा करिब ८४ हजार भन्दा बढी सदस्यहरु रहेका छन् ।

Author

Leave A Reply

Your email address will not be published.