२९ भाद्र २०८३, सोमबार

विज्ञापन बोर्डमा सूचीकरण अनिवार्य: नवीकरण नगर्ने पत्रपत्रिकाले विज्ञापनको रकम नपाउने

33

काठमाडौँ, १५ भदौ ।
विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने सञ्चारमाध्यम र विज्ञापन एजेन्सीहरूलाई चालू आर्थिक वर्ष २०८३/८४ देखि लोककल्याणकारी विज्ञापनबापतको भुक्तानी नगर्ने बोर्डले जनाएको छ। विज्ञापन बोर्डले आज एक सूचना जारी गर्दै अनिवार्य रूपमा सूचीकरण र नवीकरणका लागि आग्रह गरेको हो।

विज्ञापन (नियमन गर्ने) ऐन २०७६ र नियमावली २०७७ बमोजिम विज्ञापन कारोबार गर्ने छापा, विद्युतीय तथा अनलाइन सञ्चारमाध्यम र एजेन्सीहरू बोर्डमा सूचीकृत हुनुपर्ने कानुनी व्यवस्था छ। बोर्डका अनुसार हाल ८७९ पत्रपत्रिका वर्गीकरणमा परेको भए पनि अधिकांशको सूचीकरण र नवीकरण हुन बाँकी छ।

सूचीकरण वा नवीकरण नगरी विज्ञापन प्रकाशन गरेमा रकम भुक्तानी नहुने र त्यसको जिम्मेवारी सम्बन्धित सञ्चारमाध्यम स्वयंले लिनुपर्ने बोर्डले स्पष्ट पारेको छ। सञ्चारमाध्यमहरूले बोर्डको अनलाइन प्रणालीमार्फत नै दर्ता तथा नवीकरण प्रक्रिया पूरा गर्न सक्नेछन्। सूचीकरण नगरी कारोबार गरेमा प्रचलित कानुन बमोजिम कारबाहीसमेत गरिने बोर्डले चेतावनी दिएको छ।

Author

Leave A Reply

Your email address will not be published.