बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा निरन्तर
नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका सेवाग्राहीका लागि उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधालाई अर्को व्यवस्था नभएसम्मका लागि निरन्तरता दिएको छ।
यसअघि भदौ १४ सम्म मात्र तोकिएको यो सुविधा अन्तर्गत ग्राहकले प्रतिदिन २ जीबी डाटा र ५० एसएमएस निःशुल्क प्राप्त गर्नेछन्। बाढीका कारण क्षतिग्रस्त संरचनाहरूको मर्मत गरी सञ्चार सेवा सुचारु राख्न प्राविधिक टोली अहोरात्र खटिरहेको टेलिकमले जनाएको छ। उद्धार र राहत कार्यमा सहजता ल्याउन यो निर्णय गरिएको हो।