माथिल्लो त्रिशूली ३ ‘ए’: हेलिकप्टरबाट मेसिन पुर्याइयो, टनेलको ‘ब्रेक थ्रु’ अन्तिम चरणमा
नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजर जस्ता ठूला उपकरणहरू हेलिकप्टरमार्फत कार्यस्थलमा पुर्याएको छ। बट्टारसम्म ल्याइएका यी उपकरणहरूलाई खण्ड-खण्ड (डिसमेन्टल) पारेर आयोजनास्थल लगिएको हो।
नेपाली सेनाका अनुसार अबको करिब एक घण्टामा सुरङको प्रवेशद्वार (टनेल इन्ट्री) खोल्ने (ब्रेक थ्रु) काम सम्पन्न हुनेछ। भीषण बाढी र प्रतिकूल मौसमका बाबजुद सुरक्षाकर्मीको टोली उद्धारमा अहोरात्र खटिएको छ। टनेल खुल्ने बित्तिकै भित्र फसेका मानिसहरूको खोजी र उद्धार कार्य सुरु गरिनेछ।