२९ भाद्र २०८३, सोमबार

विपद् उद्धारमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने

28

सरकारले बाढी, पहिरो र आगलागी जस्ता विपद्को समयमा अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मीहरूको भत्ता र दैनिक खाजा खर्च वृद्धि गर्ने निर्णय गरेको छ। बिहीबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकले सुरक्षा निकायका जनशक्तिको सेवा सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो।

ज्यान जोखिममा राखेर उद्धारमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीलाई प्रोत्साहन र सम्मान स्वरूप यो सुविधा थप गरिएको हो। प्राधिकरणको निर्णयका आधारमा अब सम्बन्धित मन्त्रालयहरूले भत्ता वृद्धिको प्रक्रियालाई अन्तिम रूप दिनेछन्।

Author

Leave A Reply

Your email address will not be published.