२१ जेष्ठ २०८३, बिहीबार

डोलेश्वर भिलेज रिसोर्टले आइपीओ निष्कासनका लागि धितोपत्र बोर्डसँग माग्यो अनुमति

106

काठमाडौँ । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ। कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न बोर्डमा निवेदन दर्ता गराएको हो।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरका कुल १६ लाख २० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने तयारी गरेको छ। आइपीओ निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकको रूपमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ।

भक्तपुरको प्रसिद्ध डोलेश्वर महादेव मन्दिरबाट करिब २०० मिटरको दूरीमा अवस्थित यो रिसोर्ट वि.सं. २०७६ सालदेखि सञ्चालनमा छ। १० रोपनी क्षेत्रफलमा फैलिएको यो रिसोर्ट हाल पाँचतारे होटलमा स्तरोन्नति हुने प्रक्रियामा रहेको छ। आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको यस रिसोर्टले अत्याधुनिक बसोबाससँगै विवाह, ब्रतबन्ध, सेमिनार तथा गोष्ठी जस्ता कार्यक्रमका लागि सेवा प्रदान गर्दै आएको छ।

केयर रेटिङ नेपालले कम्पनीको आइपीओलाई ‘बी प्लस’ (B+) रेटिङ प्रदान गरेको छ। धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले सर्वसाधारणका लागि शेयर निष्कासन प्रक्रिया अगाडि बढाउनेछ।

Author

Leave A Reply

Your email address will not be published.