सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा रहेका व्यवसायी दीपक भट्टलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट पक्राउ गरेको छ ।
अध्यागमन विभागले उनलाई यसअघि नै कालोसूचीमा राख्दै पासपोर्ट रोक्का गरेको थियो । एआईजी मनोज केसीका अनुसार, सम्पत्ति शुद्धीकरण अनुसन्धान अघि बढेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।