३ बैशाख २०८३, बिहीबार

विपन्नलाई नि:शुल्क सेवा दिने अठोटका साथ ‘ल लेन्स नेपाल’ सञ्चालनमा

53

काठमाडौँ । पर्सा निवासी युवा अधिवक्ता अनिल कुमार साहले आफ्नो व्यावसायिक यात्राको सुरुवातसँगै समाजसेवाको प्रशंसनीय उदाहरण प्रस्तुत गर्नुभएको छ। अधिवक्ताको अनुमति पत्र प्राप्त गरेकै दिन विपन्न र गरिब नागरिकहरूका लागि नि:शुल्क कानुनी सेवा दिने घोषणा गर्नुभएका साहले अब औपचारिक रूपमै काठमाडौँमा आफ्नो ल फर्म ‘ल लेन्स नेपाल’ (Law Lens Nepal) सञ्चालनमा ल्याउनुभएको हो।

चैत्र १३ गते शुक्रबार काठमाडौँको मैतीघर मण्डलास्थित सेन्ट जेभियर्स भवन नजिकै उक्त फर्मको भव्य उद्घाटन गरिएको छ। कानुनको पहुँचबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने आफ्नो निस्वार्थ संकल्पलाई मूर्त रूप दिन अधिवक्ता साहले यस कार्यालयमार्फत सेवा सुरु गर्नुभएको हो।

उद्घाटन समारोहमा उपस्थित व्यक्तित्वहरूलाई धन्यवाद दिँदै अधिवक्ता साहले भन्नुभयो, “आफ्नो सीप असहाय वर्गका लागि समर्पित गर्ने अठोटका साथ यो यात्रा सुरु गरेको हुँ। हाम्रो उद्घाटन समारोहमा उपस्थित भई हौसला प्रदान गर्नुहुने सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु।”

Gen Z पुस्ताका तर्फबाट सामाजिक उत्तरदायित्व बहन गर्दै सुरु गरिएको यस फर्मले आगामी दिनमा सरल र प्रविधिमैत्री कानुनी परामर्श प्रदान गर्ने लक्ष्य राखेको छ। अधिवक्ता साहको यो कदमले कानुनी क्षेत्रमा नयाँ र सकारात्मक सन्देश प्रवाह गरेको छ।

Author

Leave A Reply

Your email address will not be published.