१९ माघ २०८२, सोमबार

बालिका करणीको आरोपमा इटहरीबाट एक पक्राउ

18

सुनसरी । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सुनसरीको इटहरीबाट एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-१६ टिकुलिया टोल बस्ने २७ वर्षीय अमन सदा रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति नियन्त्रणमा लिएको हो।

सदाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Author

Leave A Reply

Your email address will not be published.