५ आश्विन २०८३, सोमबार

चन्द्रागिरीबाट ३ सय ट्याब्लेट लागूऔषधसहित दुई जना पक्राउ

171

काठमाडौंको चन्द्रागिरी नगरपालिका-१५ विष्णु देवीबाट प्रहरीले ठूलो परिमाणमा नियन्त्रित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कीर्तिपुर बस्ने २५ वर्षीय सजिन महर्जन र २२ वर्षीय मनोज देउला रहेका छन् ।

शनिबार दिउँसो प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूलाई ३ सय ट्याब्लेट नाइट्राजेपाम (Nitrazepam) सहित नियन्त्रणमा लिएको हो । बा.९२ प ४२५० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागेर खानतलासी गर्दा उक्त प्रतिबन्धित लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि लागूऔषध नियन्त्रण ऐन बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Author

Leave A Reply

Your email address will not be published.