अध्यक्ष ओली र सभापति देउवाबीच भेटवार्ता
२०८२ पुस ०७ गते सोमबार, काठमाडौं।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार विशेष भेटवार्ता भएको छ। दुई शीर्ष नेताहरूबीच भएको यस भेटमा वर्तमान राजनीतिक परिस्थिति र संसद पुनर्स्थापनाका लागि भइरहेका पहलहरूका बारेमा विस्तृत छलफल भएको छ।
भेटका क्रममा संसद पुनर्स्थापनाका सन्दर्भमा सर्वोच्च अदालतमा दायर गरिएका मुद्दाहरू र कानुनी प्रक्रियाका विषयमा समेत कुराकानी भएको स्रोतले जनाएको छ। पछिल्लो समय संसद पुनर्स्थापनाको माग गर्दै एमाले र कांग्रेस दुवै दलका सांसदहरूले हस्ताक्षर संकलन अभियान तीव्र पारिरहेका बेला दुई प्रमुख दलका नेताहरूबीचको यो संवादलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ।