६ आश्विन २०८३, मंगलवार

एमाले केन्द्रीय कमिटी बैठक सुरु: पदाधिकारी र सदस्य संख्या बढाउने तयारी

241

एमाले महाधिवेशनको बन्दसत्र रोकेर अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक भृकुटीमण्डपमा सुरु भएको छ। १०औँ महाधिवेशनबाट निर्वाचित कमिटीको यो अन्तिम बैठकमा अध्यक्ष ओलीले निम्न प्रस्ताव लैजाने तयारी गरेका छन्:

  • पदाधिकारी थप: २ उपाध्यक्ष र २ सचिव थपेर पदाधिकारी संख्या १९ पुर्‍याउने।

  • केन्द्रीय सदस्य थप: २५१ सदस्यीय कमिटीलाई बढाएर ३०१ सदस्यीय बनाउने।

सचिवालयमा सहमति नजुटेपछि ओलीले यो प्रस्ताव केन्द्रीय कमिटीबाट पारित गराउन लागेका हुन्।

Author

Leave A Reply

Your email address will not be published.