६ आश्विन २०८३, मंगलवार

राष्ट्रिय वाणिज्य बैंकको “बिजनेस मिट २०८२” चितवनमा सम्पन्न

212

२०८२ मङ्सिर २२ गते सोमबार, काठमाडौं।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चितवनको सौराहामा दुई दिने “बिजनेस मिट २०८२” सम्पन्न गरेको छ । गत मंसिर १८ र १९ गते आयोजित उक्त कार्यक्रममा देशभरका उत्कृष्ट ६७ शाखाका प्रबन्धकहरूको सहभागिता रहेको थियो ।
बैंक सञ्चालक समितिका अध्यक्ष देव कुमार ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकमा रहेको निक्षेपलाई गुणात्मक कर्जाको रूपमा कसरी सदुपयोग गर्ने र सेवा प्रवाहलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा व्यापक छलफल भएको थियो । सहभागी शाखा प्रबन्धकहरूले व्यवसाय विस्तारका लागि आ-आफ्नो कार्ययोजना समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले गुणस्तरीय कर्जा विस्तारमा जोड दिँदै सेवाग्राहीसँगको व्यवहार सकारात्मक बनाउन र सेवा प्रवाह चुस्त राख्न निर्देशन दिएका थिए । बैंकले कर्मचारीको क्षमता अभिवृद्धि र व्यवसायिक योजनामा विशेष ध्यान दिने जनाएको छ ।

Author

Leave A Reply

Your email address will not be published.