६ आश्विन २०८३, मंगलवार

लमजुङकी सीता कँडेलको हत्या अभियोगमा फरार रहेका बुद्धिराम दराई रूपन्देहीबाट पक्राउ

219

काठमाडौं, 
लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डे बस्ने ४५ वर्षीया सीता कँडेलको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन साविक बछौली गाविस–१ हाल रत्ननगर नगरपालिका–६ घर भएका ४७ वर्षीय बुद्धिराम दराई रहेका छन् । उनलाई बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।

सीता कँडेल २०८१ चैत ३१ गते आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् । सोही घटनामा संलग्न रहेको अभियोगमा जिल्ला अदालत लमजुङले २०८२ वैशाख १५ गते दराईविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

अदालतबाट पक्राउ अनुमति पाएपछि फरार रहेका दराईलाई सीआईबीबाट खटिएको विशेष प्रहरी टोलीले रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका दराईलाई आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

Author

Leave A Reply

Your email address will not be published.