६ आश्विन २०८३, मंगलवार

एमाले महाधिवेशन प्रतिनिधि छनोटमा संयमित बन्न सचिव भट्टराईको अपिल

185

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटका क्रममा केही स्थानमा विवाद र हात हालाहाल भएपछि सचिव योगेश भट्टराईले संयमित बन्न कार्यकर्तालाई आग्रह गरेका छन्।

शनिबार भएको निर्वाचनको नतिजा आउने क्रम जारी रहँदा आइतबार एक भिडिओ सन्देश जारी गर्दै भट्टराईले आवेग र उत्तेजनाले दुर्घटना निम्त्याउने भन्दै सचेत गराएका हुन्। उनले मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई आत्मसाथ गर्दै पार्टीलाई एकताबद्ध र पुनर्गठन गर्नुपर्नेमा जोड दिएका छन्। साथै, उनले पार्टीभित्रका अन्तरविरोधहरूलाई व्यवस्थापन गर्दै लोकतान्त्रिक पद्धतिबाट अघि बढ्न प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।

https://www.facebook.com/share/v/1Cn6fqWU1a/

Author

Leave A Reply

Your email address will not be published.