अमेरिका र युरोप पठाइदिने भन्दै लाखौं ठग्ने ३ जना पक्राउ
काठमाडौं , वैदेशिक रोजगारीका लागि अमेरिका तथा युरोपेली मुलुकहरू पठाइदिने प्रलोभनमा पारी लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
आकर्षक तलबको प्रलोभन देखाइ पीडितहरूबाट रकम असुलेर सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरू र ठगी विवरण:
प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी घर भई काठमाडौं बस्ने ३२ वर्षीय अमृत तामाङ, काठमाडौं–२४ का ४२ वर्षीय विशाल बज्राचार्य र लमजुङको दोर्दी घर भई काठमाडौं बस्ने ४९ वर्षीय पुड्के तामाङ रहेका छन् ।