आईजीपी कार्कीद्वारा पदोन्नति भएका ३ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच हालै पदोन्नति हुनुभएका ३ जना वरिष्ठ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
दर्ज्यानी चिन्हबाट सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) ईश्वर कार्की, प्रहरी नायव महानिरीक्षक (DIG) विश्व अधिकारी र प्राविधिक प्रहरी नायव महानिरीक्षक ई. राम कुमार चौधरी हुनुहुन्छ ।
समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले पदोन्नति भएका अधिकृतहरूलाई बधाई दिँदै नागरिकको अपेक्षा अनुसार निस्वार्थ, शिष्ट र व्यावसायिक भएर सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । उहाँले नयाँ नेतृत्वबाट संगठनमा सकारात्मक प्रभाव पर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
सो अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट बोल्दै एआईजी ईश्वर कार्कीले प्राप्त जिम्मेवारीलाई पूर्ण निष्ठा र इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।