७ आश्विन २०८३, बुधबार

सिमरामा तनावपछि कर्फ्यु आदेश

202

बारा । ‘जेनजी’ समूह र एमाले कार्यकर्ताबीचको विवादले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल आसपासको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले आज (बिहीबार) दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेका हुन्। वीरगन्ज-पथलैया सडक खण्ड र सिमरा विमानस्थल वरपर ५०० मिटर क्षेत्रमा हिँडडुल र भेला हुन निषेध गरिएको छ।
बुधबार एमाले महासचिव शंकर पोखरेल सहभागी हुने कार्यक्रमको विरोधमा उत्रिएका जेनजी समूह र एमाले कार्यकर्ताबीच झडप भएको थियो। सोही झडपमा प्रदर्शनकारीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले जितपुर सिमरा उपमहानगरपालिकाका दुई वडा अध्यक्षलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वडा नं २ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नं ६ का अध्यक्ष कैमद्विन अंसारी रहेका छन्।
दोषीलाई कारबाहीको माग गर्दै आज पनि प्रदर्शन जारी रहेपछि र प्रहरीसँग झडप भएपछि थप क्षति हुन नदिन प्रशासनले कर्फ्यु लगाएको हो।

Author

Leave A Reply

Your email address will not be published.