६ आश्विन २०८३, मंगलवार

विदेश पठाइदिने भन्दै ६३ लाख बढी ठगी गर्ने चार जना पक्राउ

207

काठमाडौं । वैदेशिक रोजगारीका लागि पोल्याण्ड, इजरायल, सर्बिया र क्रोएसिया पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले मंगलबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा खोटाङका रमेश कुमार निरौला, सिन्धुपाल्चोकका चित्र बहादुर कार्की, महोत्तरीका हैदर अली र भक्तपुरका दिनेश पुरी रहेका छन्।

कसले कति ठगे ?
प्रहरीका अनुसार पक्राउ परेकाहरूले आकर्षक तलबको प्रलोभन देखाई पीडितहरूबाट रकम असुलेर सम्पर्कविहीन भएका थिए।

  • रमेश कुमार निरौला (४१): पोल्याण्ड पठाइदिने भन्दै १ जनाबाट ५ लाख ४० हजार रुपैयाँ ठगी।

  • चित्र बहादुर कार्की (६४): इजरायल पठाइदिने भन्दै १ जनाबाट १३ लाख रुपैयाँ ठगी।

  • हैदर अली (२३): सर्बिया पठाइदिने भन्दै ६ जनाबाट ३२ लाख ५० हजार रुपैयाँ ठगी।

  • दिनेश पुरी (२२): क्रोएसिया पठाइदिने भन्दै २ जनाबाट १२ लाख ४० हजार रुपैयाँ ठगी।

कानुनी कारबाही
ठगीको आरोपमा पक्राउ परेकामध्ये रमेश कुमार र चित्र बहादुरलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ। त्यस्तै, हैदर अली र दिनेश पुरीलाई भने जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.