रवि र छविको मुद्दाको सुनुवाइ स्थगित
बुटवल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआइजी छविलाल जोशीको मुद्दामा आज बुटवल उच्च अदालतमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ।
न्यायाधीश मिलन कुमार राई र सानुमाया डङ्गोलको इजलासमा पेसी तोकिए पनि लामिछानेका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ रोकिएको हो। सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनीहरूले उच्च अदालतमा पुनरावेदन गरेका थिए।