६ आश्विन २०८३, मंगलवार

निर्वाचन आयोगद्वारा मतदाता नामावली अद्यावधिक अभियानमा सहयोग गर्न राजनीतिक दल लगाएतलाई अनुरोध

236

निर्वाचन आयोगले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका तयारीस्वरूप मतदाता नामावलीमा नाम दर्ता तथा विवरण अद्यावधिक कार्य जारी रहेको जनाएको छ।

आयोगका अनुसार, नाम दर्ता र अद्यावधिकका लागि नागरिकको सहभागिता बढ्दै गएको छ। हालसम्म पनि नाम दर्ता गर्न छुटेका नागरिकलाई आवश्यक कागजातसहित नजिकको जिल्ला निर्वाचन कार्यालयमा वा आयोगको वेबसाइट मार्फत आवेदन दिन सकिनेछ।

आयोगले सबै मतदाता, राजनीतिक दल, सञ्चार माध्यम र सरोकारवाला निकायलाई मतदाता नामावली अद्यावधिक अभियानमा सक्रिय सहयोग गर्न अनुरोध गरेको छ।

Author

Leave A Reply

Your email address will not be published.