युवा संघद्वारा बालेन शाहविरुद्ध साइबर ब्युरोमा उजुरी
काठमाडौं: नेकपा एमाले निकट युवा संघले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ।
राष्ट्रिय युवा संघका उपाध्यक्ष महराज गुरुङसहितका युवा नेताहरूले बालेनले सामाजिक सञ्जालमार्फत राजनीतिक दल तथा छिमेकी राष्ट्रहरू भारत र चीनमाथि अश्लील भाषामा टिप्पणी गरेको भन्दै कारबाहीको माग गरेका हुन्। बालेनले केही दिनअघि यस्तो स्टाटस फेसबुकमा पोस्ट गरेर पछि हटाएका थिए।