६ आश्विन २०८३, मंगलवार

राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्र निष्काशन, कुमारी क्यापिटल बिक्री प्रबन्धक

210

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको “६% आरबिबिएल डिबेञ्चर २०८९” नामक ऋणपत्र निष्काशन गर्ने भएको छ। यसका लागि बैंकले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। बिहीबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नुभएको छ।

कुल ३० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत (१८ लाख कित्ता वा १ अर्ब ८० करोड रुपैयाँ) संस्थागत तथा व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ४० प्रतिशत (१२ लाख कित्ता वा १ अर्ब २० करोड रुपैयाँ) सर्वसाधारणका लागि निष्काशन गरिनेछ। यस ऋणपत्रको वार्षिक ब्याजदर ६ प्रतिशत र अवधि ७ वर्षको रहनेछ।

राष्ट्रिय वाणिज्य बैंक, नेपालको एक प्रमुख सरकारी वाणिज्य बैंक हो जसले ३१० शाखा मार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

Author

Leave A Reply

Your email address will not be published.