६ आश्विन २०८३, मंगलवार

प्रहरी महानिरीक्षकद्वारा नेपाल प्रहरी कल्याण कोषको किरिया पुत्री भवन शिलान्यास

171

काठमाडौं: प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी कल्याण कोष अन्तर्गत निर्माण हुने किरिया पुत्री भवनको सोमबार शिलान्यास गरेका छन्। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा निर्माण हुन लागेको यो भवनले बहालवाला र अवकाशप्राप्त प्रहरी कर्मचारीहरूलाई दुःखद निधन हुँदा आशौच बार्न सहजता प्रदान गर्नेछ।

शिलान्यास समारोहमा बोल्दै प्रहरी महानिरीक्षक खापुङ्गले भवन निर्माणसँगै भविष्यमा सेवालाई थप परिष्कृत गर्दै लैजानुपर्नेमा जोड दिए। प्रहरी कल्याण महाशाखाका प्रहरी नायव उपरीक्षक वुद्धि सागर पुरीले भवन निर्माणको उद्देश्यमाथि प्रतिवेदन प्रस्तुत गरेका थिए।

गत भदौ १९ गते बसेको नीति निर्माण समितिको बैठकले भवन निर्माण गर्ने निर्णय गरेको थियो। समारोहमा उच्च प्रहरी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो।

Author

Leave A Reply

Your email address will not be published.