राष्ट्रपति पौडेल कतार प्रस्थान, सामाजिक विकास शिखर सम्मेलनमा सहभागी हुने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान कतार प्रस्थान गरेका छन् । उनी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनमा सहभागी हुन त्यसतर्फ लागेका हुन् ।
आज बिहान ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका लागि प्रस्थान गरेका राष्ट्रपति पौडेलसँगैको टोलीले कात्तिक २० गतेसम्म औपचारिक भ्रमण गर्नेछ ।
गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको कतार भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको थियो ।