प्रधानमन्त्री कार्यालयको स्पष्टिकरण : गृहमन्त्री आर्याललाई हटाउने कुनै योजना छैन
काठमाडौं, प्रधानमन्त्रीको निजी सचिवालयले गृहमन्त्री ओमप्रकाश आर्याललाई हटाउने भन्ने समाचार असत्य भएको स्पष्ट गरेको छ। केही सञ्चारमाध्यममा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहको दबाबमा आर्याललाई हटाउने तयारी भएको भन्ने समाचार आएका थिए।
सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा मन्त्री नियुक्ति वा हटाउने अधिकार प्रधानमन्त्रीको एकाधिकार क्षेत्रभित्र पर्ने भन्दै कसैको दबाबमा यस्तो निर्णय नहुने जनाएको छ। विज्ञप्तिमा हालको संवेदनशील परिस्थितिमा अफवाह र भ्रम फैलाउने गतिविधि नगर्न पनि सबैलाई अनुरोध गरिएको छ।
