६ आश्विन २०८३, मंगलवार

कैलालीमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

253

कैलालीको जोशीपुर गाउँपालिका-३ लक्कडमा आफ्नै श्रीमान् ५० वर्षीय लखनलाल कठरियाको हत्या गरेको अभियोगमा ३५ वर्षीया सुनिता देवी कठरियालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार, घरायसी विवाद चर्किएपछि सुनिताले श्रीमान् लखनलाललाई कुटपिट गरेकी थिइन्। कुटपिटबाट गम्भीर घाइते भएका लखनलाललाई तत्काल टीकापुर अस्पताल पुर्‍याइएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोशीपुरले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

Author

Leave A Reply

Your email address will not be published.