८ आश्विन २०८३, बिहीबार

उदयपुरमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

229

उदयपुर- उदयपुरको कटारी नगरपालिका-१० गिजिनचौर थुम्कीका २५ वर्षीय भिम बहादुर थापा मगरलाई १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पीडित बालिकाको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले थापा मगरलाई पक्राउ गरेको हो।

यस घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.