८ आश्विन २०८३, बिहीबार

धादिङमा २ सय १९ किलो गाँजासहित दुई पक्राउ

219

धादिङ, असोज २६ – धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ खटौतीबाट करिब २ सय १९ किलो २१ ग्राम अवैध गाँजासहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका–४ का २८ वर्षीय दिननाथ यादव र कालिकामाई गाउँपालिका–१ का ५३ वर्षीय कमल राउत कुर्मी छन्। प्रहरी चौकी जोगीमाराबाट खटिएको टोलीले बीआर ०१ जिबि ८६५३ नम्बरको मिनिट्रक जाँच गर्ने क्रममा क्याबिन पछाडि फल्स बटन बनाई लुकाइएको ३० पोकामा गाँजा बरामद गरेको हो।

प्रहरीले दुबै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

 

Author

Leave A Reply

Your email address will not be published.