९ आश्विन २०८३, शुक्रबार

काठमाडौंमा ट्याक्सीबाट हातहतियारसहित एक पक्राउ

202

२०८२ असोज ०७ गते मंगलबार, काठमाडौं।

काठमाडौं महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट प्रहरीले ठूलो मात्रामा हातहतियार बरामद गरेको छ ।

प्रहरीले आइतबार साँझ उदयपुर, उदयपुरगढी गाउँपालिका–८ घर भई तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने ३० वर्षीय हिरा बहादुर मगरलाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले मगरले पार्किङ गरी राखेको बा.प्र.०१–००२ प ६४४९ नम्बरको ट्याक्सीको तलासी गर्दा डिक्कीभित्र लुकाइएका ७ थान पेस्तोल, ६ थान म्याग्जिन, एसएलआरमा प्रयोग हुने ३३ राउण्ड गोली र ह्यान्डसेटको ब्याट्री १ थान फेला पारेको जनाएको छ ।

पक्राउ परेका मगरलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author

Leave A Reply

Your email address will not be published.