पार्टी पुनर्गठनमा जोड दिउँ : गोकुल बाँस्कोटा
२०८२ भदौ ३० गते सोमबार, काठमाडौं।
पूर्वमन्त्री गोकुल बाँस्कोटाले पार्टी पुनर्गठनमा छिटो तर सुविचारित निर्णय गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले ‘अरु क्षति रोक्न अब के, कसरी र कहिले गर्ने भन्नेबारे गम्भीर निर्णय लिनैपर्ने’ उल्लेख गरेका छन् ।
उनले दलविना गणतन्त्र टिक्न नसक्ने र गणतन्त्रविना समाज नै असम्भव हुने भन्दै दलको अस्तित्व र सुदृढीकरणमा सबैको ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् ।
“समय, परिवेश, प्रकृति, प्रक्रिया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ, त्यसका लागि सबै तयार हुनुपर्छ,” बाँस्कोटाले भनेका छन् ।