संसद भवनअगाडिको प्रदर्शनमा गोली चल्यो, दुई जनाको मृत्यु
२०८२ भदौ २३ गते सोमबार, काठमाडौं।
काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि सोमबार भएको भ्रष्टाचारविरोधी प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या दुई पुगेको छ। ‘जेनजी’ पुस्ताले भ्रष्टाचारलगायतका विषयमा विरोध प्रदर्शन गरिरहेको बेला झडपले उग्र रूप लिएपछि प्रहरीले गोली चलाएको हो।
प्रदर्शनकारी र प्रहरीबीचको झडपले राजधानीको मुटुमा तनाव सिर्जना गरेको थियो। शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शनले केही समयपछि हिंसात्मक रूप लिएको थियो स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा गोली चलेको र दुई जनाको ज्यान गएको पुष्टि भएको छ भने अन्य गम्भीर घाईते भएका छन्। मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान समेत गरिएको छ।