८ बैशाख २०८३, मंगलवार

राजसंस्थाका बारे प्रकाशित भएको समाचारप्रति नेपालि कांग्रेसको ध्यानाकर्षण

119

२०८२ जेष्ठ ०९ गते शुक्रबार, काठमाण्डौ।


नेपाली कांग्रेसको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले हिजो एक बिज्ञप्ति सार्वजनिक गर्दै नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाका बारे प्रकाशित भएको भ्रामक र कपोलकल्पित समाचारप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको बिज्ञप्तिमा उल्लेख गरेका छन् ।

बिज्ञप्तिमा लेखिएको छ, ऐतिहासिक जनआन्दोलन २०६२/६३ मा नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट प्राप्त उपलव्धी अर्थात् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण र सम्वद्र्धन गर्दै नागरिकहरूलाई पूर्ण स्वतन्त्रता, समानता र सामाजिक न्याय सहितको लोकतान्त्रिक व्यवस्थाका लागि सभापति श्री देउवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहनु भएको छ ।

कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्था बारे उहाँको धारणा भनि संचार माध्यममा गलत सूचना संप्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो । उहाँले कहि कतैं नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आम संचारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो । जो सुकैले यस्तो कार्य गरेको भएता पनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । नेपाली कांग्रेस सबै आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई रक्षा गर्न प्रतिवद्ध रहेको दोहोर्याउदै यस्ता समाचारप्रति विश्वास नगर्न आम नागरिकलाई अपिल गर्दै अव्यक्त कुरा संचार माध्यममा सम्प्रेषण नगर्न संचारकर्मी मित्रहरुलाई आग्रह गर्दछ भन्दै बिज्ञप्ति जारी गरेका छन्।

Author

Leave A Reply

Your email address will not be published.