४ बैशाख २०८३, शुक्रबार

पोखरामा वाडा अटो शो आयोजना गरिने

120

पोखरामा आगामी चैत महिना भित्रै अटो शो हुने भएको छ । पोखरामा अवस्थित अटोमोबाइल व्यवसायीहरुको संगठन पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)ले पोखरामा ‘वाडा अटो शो २०२५’ आयोजना गर्ने भएको हो ।
बिहीबार बसेको वाडाको कार्यसमिति बैठकले चैत भित्र अटो शो आयोजना गर्ने निर्णय गरेको छ । अटो शो सम्पन्न गर्नका लागि उपाध्यक्ष निरन केसीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको अध्यक्ष दीपेन्द्र कोइरालाले जानकारी दिए ।

Author

Leave A Reply

Your email address will not be published.