नक्सालमा नामीको शोरुम शुभारम्भ
काठमाडौं – नेपालका लागि डोङफेङ मोटर्सको आधिकारिक वितरक एमएडब्लु वृद्धि मोटर्सले काठमाडौंको नागपोखरीमा अत्याधुनिक शोरुम उद्घाटन गरेको छ । डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्लु वृद्धि समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एमएडब्लु वृद्धिका एमडी विवेक सिकारिया र एमएडब्लु वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त लगायतको उपस्थितिमा उद्घाटन समारोह सम्पन्न भएका हो ।
गत वर्षको अगस्टमा वाइल्ड रिपर्ज, सबिन राई र फारोको प्रस्तुति र फेसन शो सहितको सफल सुरुवात पछि नामीले नेपालमा छोटो समयमै लोकप्रियता हासिल गरेको कम्पनीको दाबी छ । सुरुवातको एक महिना भित्रै नामीले ३५० भन्दा बढी ग्राहकहरू प्राप्त गरिसकेको जनाएको छ।