माग १ गतेदेखि बैङ्क खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य
माग १ गतेदेखि बैङ्क खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य रुपमा चाहिनी भएको छ। नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्दा अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र नम्बर समावेश गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । यस सम्बन्धि कार्यान्वन पहिले नै गर्ने राष्ट्र बैंकले तयारि गरेता पनि सर्वोच्च अदालतमा रिट दायर भएपछि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था कार्यान्वयन भएको थिएन । अहिले पनि उक्त मुद्दाको टुंगो लागिसकेको छैन यधपी राष्ट्र बैंकले भने बैङ्क खाता खोल्न परिचयपत्र अनिवार्य गरेको हो ।