४ बैशाख २०८३, शुक्रबार

आरविवि सेक्युरिटीजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

125

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरविवि सेक्युरिटीज कम्पनी लिमिटेडकोे दोस्रो वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष एवं बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनीको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाले आ.व. २०८०/०८१ को कम्पनीको वार्षिक प्रतिवेदन प्रस्ताब पारित गरेको छ ।

साधारण सभामा प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हाल शहरी क्षेत्रमा मात्र सिमित रहेको ब्रोकर सेवालाई ग्रामिण क्षेत्रमा समेत विस्तार गर्ने दीर्घकालिन सोच अनुरुप रणनीति तयार गरी आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र ग्रामिण क्षेत्रमा रहेका जनताहरुले पनि ब्रोकर सेवा लिन सकिने वातावरण बनाउनुपर्ने बताउनुभयो । आरविवि सेक्युरिटीज कम्पनीका प्रमुख कार्यकारी अधिकृत वेनी श्रेष्ठले हाल २० करोड चुक्तापुँजी रहेको कम्पनीले धितोपत्र व्यवसायको व्यवसायिक कारोबार(ब्रोकर) मिति २०८१ असार २६ गतेबाट सुरु गरेको बताउनुभयो । नेपाल स्टक एक्सचेन्जबाट सदस्यता नम्बर ९७ प्राप्त गरेको आरविवि सेक्युरिटीज कम्पनीले ब्रोकर, मार्जिन, थोक कारोबार तथा अन्य पुँजीबजार सम्बन्धी सेवाहरु प्रदान गरिरहेको छ ।

Author

Leave A Reply

Your email address will not be published.