२९ भाद्र २०८३, सोमबार

पोखरा र जनकपुर तथा काठमाडौं र सुदूरपश्चिम आमने-सामने हुँदै

210
नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार आज पनि दुईवटा खेल हुँदैछन्। पहिलो खेल बिहान ९ बजे हुनेछ। पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स आमने सामने हुदैछन्।

पोखरा जनकपुरलाई हराएर पहिलो जित दर्ता  गर्ने लक्ष्यसहित मैदान उत्रिदैछ। पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको पोखरा आज जित्नै पर्ने दबाबमा छ।

यता जनकपुर भने लगातार तेस्रो जित हासिल गर्ने दाउमा छ। जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स र दोस्रोमा कर्णाली याक्सलाई हराइसकेको छ। लयमा देखिएको जनकपुर आज पनि सोही लय कायम राख्ने मनोबल सहित मैदान उत्रने छ।

पोखराको कप्तानी कुशल भुर्तेल र जनकपुरको अनिलकुमार साहले सम्हाल्नेछन्।

त्यस्तै  दिउँसो १ बजेपछि हुने अर्को खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्स आमने–सामने हुँदैछन्। दुवै टोली  दोस्रो जितको लक्ष्यमा रहेका छन्। काठमाडौंले तेस्रो र सुदूरपश्चिमले दोस्रो खेल खेल्न लागेका हुन्।

पहिलो खेलमा चितवन राइनजोसँग हार ब्यहोरेको काठमाडौंले दोस्रो खेलमा भने कर्णाली याक्समाथि सहज जित दर्ता गराएको थियो।

सुदुरपश्चिमले भने विराटनगर किंग्सविरुद्ध ९० रनको जित हासिल गरेको थियो। काठमाडौं का लागि कप्तान करण केसी हुन् भने सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी हुन्।

Author

Leave A Reply

Your email address will not be published.