१३ आश्विन २०८३, मंगलवार

काभ्रेमा विभिन्न सडकखण्ड अवरुद्ध, यात्रुलाई सतर्कता अपनाउन आग्रह

13

काभ्रे, ११ असोज । अविरल वर्षाका कारण काभ्रेका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै सडक भासिने र कटान हुने समस्या देखिएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार धुलिखेल नगरपालिका–८ जिपलाइनस्थित अरनिको राजमार्गमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। सडक माथिबाट ढुंगा–माटोसहितको पहिरो खसेपछि सडकखण्ड अवरुद्ध भएको हो।https://rastrakosanchar.com/2026/09/7803/

त्यस्तै, काभ्रेभञ्ज्याङ–नमोबुद्ध भित्री सडकखण्ड करिब २५ मिटर भासिएर अवरुद्ध भएको प्रहरीले जनाएको छ।

रोशी गाउँपालिका–७ घुमाउनेमा खोलाको पानी बढेर वन–वे ट्र्याक कटान गरिरहेको छ भने पनौती नगरपालिका–१० पाटीखर्कदेखि बेथानचोक गाउँपालिका–४ खहरेखोलासम्मको भित्री सडकखण्डमा विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ।

प्रहरीले वर्षाका कारण सडकमा जोखिम बढेकाले सवारी चालक तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

Author

Leave A Reply

Your email address will not be published.