१३ आश्विन २०८३, मंगलवार

प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फिर्ता

14

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किनुभएको छ।

१४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ६ गते कतारको दोहा हुँदै अमेरिका प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाहले न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो। त्यसपछि उहाँले महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुभएको थियो।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले न्यूयोर्कस्थित नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा स्वागत कार्यक्रममा समेत सहभागिता जनाउनुभएको थियो। दोहा हुँदै काठमाडौं फर्किनुभएका प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरअघि अवतरण गर्नुभएको हो।

प्रधानमन्त्रीको भ्रमणबारे परराष्ट्र मन्त्रालयले प्रेस ब्रिफिङ गर्ने जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.