१२ आश्विन २०८३, सोमबार

पहिरोले अवरुद्ध खावा–धुलिखेल सडक एकतर्फी सञ्चालन

26

काभ्रे, ११ असोज । अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका–८, जिपलाइन क्षेत्रमा पहिरो खसेर अवरुद्ध भएको खावा–धुलिखेल सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

आज बिहान ८ः५५ बजे सडक माथिबाट ढुंगा–माटोसहितको पहिरो खसेपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पहिरो पन्छाएपछि हाल सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो।

सडकमा पहिरो खस्ने जोखिम कायमै रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

Author

Leave A Reply

Your email address will not be published.