१० आश्विन २०८३, शनिबार

आज इन्द्रजात्रा मनाइँदै

11

काठमाडौं, ९ असोज । काठमाडौं उपत्यकामा आज परम्परागत तथा सांस्कृतिक पर्व इन्द्रजात्रा मनाइँदैछ। विशेषगरी काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा विभिन्न जात्रा, पूजा तथा सांस्कृतिक गतिविधि आयोजना गरी इन्द्रजात्रा मनाउने गरिन्छ।

इन्द्रजात्राका अवसरमा कुमारी, गणेश र भैरवको रथयात्रा, लाखे नाच तथा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिन्छ। जात्रामा सहभागी हुन काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सर्वसाधारणको बाक्लो उपस्थिति रहने गर्दछ।

वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गर्दै मनाइने यो पर्व काठमाडौंको प्रमुख सांस्कृतिक तथा धार्मिक जात्रामध्ये एक हो। इन्द्रजात्राका अवसरमा काठमाडौंमा विभिन्न स्थानमा सुरक्षा तथा यातायात व्यवस्थापनसमेत गरिएको छ।

Author

Leave A Reply

Your email address will not be published.