९ लाख घुससहित नापी अधिकृत पक्राउ
छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालयमा पठाउन नौ लाख रूपैयाँ घुस लिएको अभियोगमा नापी अधिकृत डिल्ली बहादुर वलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
नापी कार्यालय डिल्लीबजार ३ नं. नापी टोली माछापोखरीका टोली प्रमुख रहेका वलीलाई वसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट भदौ ३१ गते घुस रकमसहित रङ्गेहात पक्राउ गरिएको हो। निजमाथि भ्रष्टाचार सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन असोज १ गते विशेष अदालतबाट म्याद थप अनुमति लिई अख्तियारले आवश्यक कारबाही चलाएको छ।